back
CTIZAN AD

जनज्योति आदर्श बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८१ वैशाख ८ शनिवार

1.4K 

shares

नवलपुर । देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरमा अवस्थित जनज्योति आदर्श बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव तथा दोस्रो क्याम्पससभा कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दयाराज तिवारीको अध्यक्षता, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको उक्त वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख पशुपति भट्टराईले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत पेश गरेका थिए ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले देवचुली नगरपालिकाभित्र रहेको जनज्योति आदर्श बहुमूखी क्याम्पस पालिकाकै शैक्षिक धरोहर रहेको बताउँदै यसको निरन्तरताका लागि पालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस समितिका सदस्य होमनाथ जैसि, सामुदायिक विद्यालय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाल, जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ बस्याल, संघसंस्थाको तर्फबाट प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, क्याम्पस संचालक समितिका सदस्य प्रितम भुजेल, देवचुली वडा नं १५ का वडाध्यक्ष सुरेश रानाभाट, देवचुली नगरपालिकाका नगरप्रवक्ता तिल प्रसाद काफ्ले र देवचुली नगरपालिकाका संस्थापक नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, क्याम्पस समितिका सदस्य उद्योग श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पसको १७ औँ वार्षिकोत्सवको अवसरमा जनज्योति क्याम्पसमा स्नातकतह उत्तीर्ण गरि नेपाल सरकारको अधिकृतस्तरको पदमा हाल देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाललाई सम्मान गरेका थिए । साथै क्याम्पसमा बि.बि.एस उत्तीर्ण ज्ञान प्रसाद काफ्ले, बसन्त खनाल र क्याम्पसका प्रध्यापक होमनाथ न्यौपाने लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाका वडा अध्यक्ष, सदस्य, राजनीति दलका प्रतिनिधि, आमासमुह क्याम्पस संचालक समितिका पदाधिकारी, विद्यार्थीहरु, शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ वैशाख ८ शनिवार १९:२३ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...