back
CTIZAN AD

जङ्गलमा डढेलो लागेपछि घर-घरमै पस्न थाले जनावर

वि.सं.२०८१ वैशाख ९ आइतवार

675 

shares

गलेश्वर (म्याग्दी) । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।

जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । “खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्”, मङ्गला–५ का किसान टीकानाथ कँडेलले भने ।

कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् । मालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका-६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्छिन्, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।”

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उनले बताइन् । खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।

वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जङ्गलमा डढेलो लागेपछि बँेंसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मङ्गला-५ छिस्वाङका निकेश पुनले बताए । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले राति परेपछि बालीनाली नोक्सान गर्ने गरेको उनको भनाइ छ । बँदेलले रातिमात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उनी बताउँछन् ।

जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतङ्क बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयन बच्चा यतै हुर्काइसकेका मालिका-१ का किसान टेकबहादुर विकले बताए । दुम्सी आफ्नो बस्तीमा छ््यासछ््यास्ती देखिने गरेका उनको भनाइ छ ।

बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती/बस्ती पसेका स्थानीय किसानले बताएका छन् ।
रासस

वि.सं.२०८१ वैशाख ९ आइतवार १५:३० मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...