back
CTIZAN AD

सिन्धुपाल्चोकमा डढेलोले वन सखाप

वि.सं.२०८१ वैशाख ९ आइतवार

993 

shares

चौतारा । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो ।

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए ।

उनका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् ।

वनमा डढेलो लगाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकमा पहिलोपटक बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको छ । सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ निरञ्जन भट्टराईले जानकारी दिए ।

कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था वन ऐन २०७६ मा छ ।

वि.सं.२०८१ वैशाख ९ आइतवार १५:१३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...