back

बाँकेका सामुदायिक वनमा डढेलो लाग्न सुरु

वि.सं.२०८१ वैशाख ९ आइतवार

258 

shares
RBB AD
NTC AD

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ । डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुुशील सुवेदीले जानकारी दिए ।

खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडूवा गाउँपालिका, बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ । वन अधिकृत सुवेदीले अहिलेसम्म जिल्लाको ६३ सामुदायिक वनको एक सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिए । उनले दिउँसो घाम र तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको बताए ।

उनले चक्ला वन क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको बताए । डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गरे ।

“फायरलाइन बनाउने र त्यसलाई सफा गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ”, उनले भने । शनिबार मात्रै भएको आगलागी नियन्त्रणमा लिन एउटा दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनुपरेको बताइएको छ ।

शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी २ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो । “निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको छ”, सुवेदीले भने । उनका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन् । तर डढेलो बस्तीमा बसेर क्षति भएको छैन । क्षतिको सबै विवरण सङ्कलन भइरहेको बताइएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८१ वैशाख ९ आइतवार १४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने...

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

चैनपुर, (बझाङ) । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी...

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा...

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासिलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन...

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०...

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

काठमाडौँ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको सङ्ख्या बढाउनुपर्नेमा...