back
CTIZAN AD

बाँकेका सामुदायिक वनमा डढेलो लाग्न सुरु

वि.सं.२०८१ वैशाख ९ आइतवार

834 

shares

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ । डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुुशील सुवेदीले जानकारी दिए ।

खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडूवा गाउँपालिका, बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ । वन अधिकृत सुवेदीले अहिलेसम्म जिल्लाको ६३ सामुदायिक वनको एक सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिए । उनले दिउँसो घाम र तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको बताए ।

उनले चक्ला वन क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको बताए । डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गरे ।

“फायरलाइन बनाउने र त्यसलाई सफा गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ”, उनले भने । शनिबार मात्रै भएको आगलागी नियन्त्रणमा लिन एउटा दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनुपरेको बताइएको छ ।

शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी २ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो । “निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको छ”, सुवेदीले भने । उनका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन् । तर डढेलो बस्तीमा बसेर क्षति भएको छैन । क्षतिको सबै विवरण सङ्कलन भइरहेको बताइएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८१ वैशाख ९ आइतवार १४:५५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...