back

डढेलो निभाउने क्रममा वृद्धको मृत्यु

वि.सं.२०८१ वैशाख १३ बिहीवार

288 

shares
RBB AD
NTC AD

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उनले बताए ।

सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ । सो डढेलो रावाबेँसी गाउँपालिकाको कार्यालय हरमटारभन्दा मुनिसम्म सल्केको स्थानीयवासीले बताएका छन् । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ ।
रासस

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

म्याग्दी । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका–२...

ताराखोलेहरुको पाहुँनालाई उपहार डाली र मकै

ताराखोलेहरुको पाहुँनालाई उपहार डाली र मकै

रामबहादुर थापा, बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली ।...

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

तम्घास (गुल्मी) । गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका...

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै सकस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका...

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णयहरु गरेको छ ।...