back
CTIZAN AD

लापारवाहिले नै महोत्तरीमा दिनहुँजसो आगलागी

वि.सं.२०८१ वैशाख १७ सोमवार

828 

shares

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो आगलागीका कहाली लाग्दा घटना बढेका छन् । पछिल्ला १० दिनमा जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीले करोडौँको क्षति भएको छ ।

वैशाख दोस्रो साताको प्रारम्भमै मटिहानीको एउटा फर्निचर उद्योगमा भएको आगलागीले रु ३० लाख बढीको क्षति गरेको एक साता नपुग्दै मटिहानी–६ जरलहवागाछी टोलको एक सय १० घर खरानी पार्ने घटनाले अझै त्यहाँका बासिन्दा बौरिन सकेका छैनन् ।

गत बुधबारको सो कहालीलाग्दो घटनाको भोलिपल्टै मटिहानी–९ सिमरदहीमा गत बिहीबार एउटा इलोक्ट्रोनिक पसलमा भएको आगलागीको घटनामा पसलका सरसामान जलेर नष्ट भएका छन् । त्यसअघि गत मङ्गलबार बलवाको बगडाको फर्निचर उद्योगमा आगलागी भएको थियो ।

पछिल्लो पटक हिजो आइतबार दिउँसो जिल्लाको गौशाला–२ कठुधारमा फेरि आगलागी भएको छ । सो बस्तीका सद्दाम नदाफ धोबी र निजकै भाइ मन्सुर नदाफको घर आगोले खरानी बनाएको छ । पछिल्लो यो घटनामा घरमा राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामानसहित रु १० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए ।

महोत्तरीसहितका मधेसमा बर्सेनि गर्मी चढ्दै गएपछि आगलागीका घटना हुँदै आएका छन् । यद्यपि यी विनाशकारी घटना धेरैजसो सजगताको कमीले नै हुने गरेका पाइएको सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र प्रहरी अधिकारीको अनुभव छ ।

कुनैकुनै घटना विद्युत् चुहिएर (विद्युत् सर्ट भएर) र कदाचित सङ्घर्षबाट हुने भए पनि यता हुने धेरैजसो आगलागी घरको आगो र प्रज्वलनशील वस्तुको ठीक व्यवस्थापन नगरिँदा नै भएका रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रको विगत अनुभव छ ।

“हामी त यस्ता विपद्का बेला कारण खोज्दैनौँ, सकेको राहत उद्धारमा लाग्छौँ, तर पछि घटनाका कारण खोतल्दा घरको आगो (खाना पकाउन बालिएको) राम्ररी व्यवस्थापन नगरिँदा, बाटो हिँड्ने ननिभाइ मिल्काएका बिँडी÷चुरोटका ठुटाबाट सल्कँदा र प्रज्वलनशील वस्तु (सलाइ, लाइटर) ससाना नानीले खेलाउँदा भएको पाइन्छ”, मिश्र भन्छन् , “आपत्का बेला यस्ता पक्ष नउप्काइए पनि यी वास्तवमा लापरवाही नै हुन् ।” मौसमअनुसार यी कुरामा राम्रो ध्यान पु¥याउनसके घटना न्यूनीकरण हुने मिश्रको ठम्याइ छ ।

आगलागी नियन्त्रण गर्न मुख्यरुपले स्थानीय तहका वडा समितिले बस्तीभित्रका सामाजिक सङ्घसंस्था, रानीतिक दल र अन्य सरोकारवालालाई समावेश गरेर सचेतनामूलक घुम्ती प्रचार गर्नपर्ने कतिपयको सुझाव छ । प्रत्येक नयाँ वर्षअघि वडाका बस्तीमा पालैपालो पाँच÷सात दिन घरघरै जस्तो आगो व्यवस्थापनबारे सचेतना दिँदै कतै लापरवाही भेटिए त्यसैअनुसारको नसियत (सजाय, जरिवाना) तिराइए पूर्वसजगता बढ्ने सूर्योदय साँस्कृतिक क्लव भङ्गाहा–४ रामनगरका पूर्वध्यक्ष गोपालप्रसाद श्रेष्ठको सुझाव छ ।

 

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:४४ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...