back
CTIZAN AD

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

वि.सं.२०८१ वैशाख २५ मंगलवार

1K 

shares

काठमाडौं । हेटौडाको गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन थालेका छन् ।

लामो समय देखि अलपत्र जस्तै बनेको गौरिटार प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेपछि पूर्वाधारहरु निर्माण हुन थालेका हुन ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गौरिटारमा अन्तराष्ट्रिय स्तरको पौडी पोखरी र क्रिकेट मैदानको शिलान्यास गरेका छन् । २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने गरि दुवै संरचनाको निमार्ण सुरु भएको प्रदेश खेलकुदका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिएका छन् ।

८ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भिआईपी प्याफीट सहित २५/५० मिटर र २५/१० मिटरको पौखरी निर्माण हुने शिलान्यासका अवसरमा जानकारी दिईएको छ ।

यस्तै ड्रेन सहितको क्रिकेट मैदान पनि निर्माण सुरु भएको छ । ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्केरवोर्ड, ५ वटा पीच सहित ६ सय क्षमताको प्याफीट निर्माण हुने बताईएको छ ।

निर्माणको शिलान्यास गर्दै प्रदेशका मुख्य मन्त्री जमरकटेलले निर्धारित समयमै कार्य सम्पन्न गर्न सम्वन्धित पक्षलाई निर्देशन दिएका छन् । उनले गौरिटारलाईलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । देशकै उत्कृष्ट खेल पूर्वाधार गौरिटारमा बनाउने उदेश्यका साथ काम थालेको पनि कटेलले बताए ।

प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न अवश्यक सहयोगका लागि स्थानियहरु संग अनुरोध गरे ।

केन्द्रिय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्तकालिन प्रधानमन्त्री माधम कुमार नेपालले शिलान्यास गर्नु भएको गौरिटारमा निर्माणको गति निकै सुस्त थियो ।

२२ विगाह १८ कठ्ठा १९ धुर क्षेत्रफलमा फैलिएको रंशलालामा हाल प्रदेश सरकारले ट्रयाक सहितको फुटबल मैदान र प्याराफीटको काम अन्तिम चरणमा पु¥याएको प्रदेश खेलकुद सदस्य सचिव भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार रंगशालाभित्र २१ वटा संरचना बन्ने छन् ।

राष्ट्रिय खेलकुद परिषदले दुईवटा कभर्डहल र खेलाडी छात्राबास निर्माण गरेको थियो । त्यसपछि उक्त योजना परिषद्को बजेटमा नपरे पछि बागमती प्रदेशले निर्माण कार्य अघि बढाएको हो ।

 

 

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:३० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...