back
CTIZAN AD

पार्टी विभाजनको कानुनी उपचार खोज्ने जसपा नेपालको निर्णय

वि.सं.२०८१ वैशाख २५ मंगलवार

1K 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ ।

बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।

“भोलि बुधबार पार्टीको बैठक बस्छ । बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ”, प्रवक्ता सुमनले भन्नुभयो ।

उनका अनुसार बुधबार बिहान पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले जानकारी दिए ।

अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो ।

 

वि.सं.२०८१ वैशाख २५ मंगलवार २०:१८ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...