back
CTIZAN AD

नेतृत्वको अप्रजातान्त्रिक शैली र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन भयो : अध्यक्ष राई

वि.सं.२०८१ वैशाख २७ बिहीवार

1.1K 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अध्यक्षको अप्रजातान्त्रिक र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन गर्नुपरेको बताएका छन् ।

पार्टी विभाजन र नयाँ दल गठनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष यादवबाट हुँदैआएको अपारदर्शी निर्णय र कार्यकर्ताबीच गर्ने विभेद्कारी शैलीले पार्टी विभाजनका लागि मलजल गरेको स्पष्ट गरे । अध्यक्ष राईले भने,“पार्टीको सङ्गठनात्मक सिद्धान्तअनुरूप आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने र प्रदेशलाई आफ्नो अधिकार प्रयोग गर्न नदिनेतर्फ पार्टी नेतृत्व उद्दत हुनेजस्ता कारणले पार्टीमा गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद् रह्यो । त्यसैकारण एकैठाउँमा रहन सकिएन ।” उनले सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिविपरीत हुनेगरी अध्यक्षात्मक प्रणालीमा जस्तो एकल निर्णय गर्ने तथा सिद्धान्तमा सङ्घीय ढाँचाको पार्टी भन्ने गरे पनि व्यवहारमा जिल्ला र पालिकालाई हस्तक्षेप गर्ने प्रवृत्तिले सङ्गठनात्मक समस्यासमेत देखिएको बताए ।

पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले तत्कालीन अध्यक्षले पार्टीका वरिष्ठ नेता नभएका बेला आफू अनुकूल निर्णयगरी विदेश भ्रमणमा निस्कनु तथा पार्टीको आधिकारिक निर्णयविपरीत मौखिकरूपमा कार्य जिम्मेवारी हेरफेर गर्ने कार्य गरेको आरोप लगाए । “सरकारमा रहेका सम्बन्धित मन्त्रीलाई जानकारी नगराई मन्त्रालयका उच्च पदस्थ कमचारीलाई दबाबमूलक र आफू अनुकूल काम गर्न निर्देशन दिने कार्यशैलीले पनि दल विभाजन गर्न बाध्य बनाएको हो”, उनले भने । सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्वको आधारमा पार्टीको मागदर्शक सिद्धान्त सङ्घीय समाजवाद र सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक विकेन्द्रीकरण हुने र सोहीअनुसार पार्टी सञ्चालन गरिने महासचिव राईले बताए ।

नव गठित पार्टीले अब जनहितका पक्षमा सडक, सदन र सरकारका मोर्चाबाट एकैपटक खबरदारी र सशक्त भूमिका निर्वाह गर्ने सो पार्टीका नेताहरूको भनाइ छ । यस्तै देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्न संवैधानिक र कानूनी व्यवस्थासमेत समयानुकूल सशोधन र परिवर्तन गर्दै जनताप्रति जिम्मेवार सामाजिक र उत्तरदायित्व बोकेको दलका रूपमा नयाँ दलले काम गर्ने त्यस अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा पार्टी नेता राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, रेणु यादव, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, रञ्जु झालगायत उपस्थित थिए ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने आयोगको निर्णय

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:४२ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...