back
CTIZAN AD

पाँच करोड अवैध रकमसहित चिनिया पक्राउ

वि.सं.२०७४ वैशाख २७ बुधवार

858 

shares

२७ वैशाख, काठमाडौँ  । महानगरीय प्रहरी अपराध महाशाखाले रु चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका चिनियाहरुबाट अमेरिकी डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनिया युआन १४ हजार ४००, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क दुई हजार दुई सय, अस्ट्रेलियन डलर एक हजार ४००, स्टर्लिङ पाउण्ड एक हजार १०० र नेपाली रु २४ हजार ६०० बरामद गरिएको छ ।

प्रवक्ता कार्कीका अनुसार ती सबै मुद्राको नेपाली रुपैयाँमा हिसाब गर्दा करिब चार करोड ७५ लाख ६० हजार हुन आउँछ ।

वि.सं.२०७४ वैशाख २७ बुधवार १२:४७ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...