back
CTIZAN AD

दृष्टिविहीन गोप्य मतदान गर्नबाट वञ्चित हुनुपर्ने

वि.सं.२०७४ वैशाख २७ बुधवार

783 

shares

२७ वैशाख,म्याग्दी  । स्थानीय तहको निर्वाचनमा गोप्य मतदानबाट वञ्चित हुनुपर्ने अवस्था आएकोमा म्याग्दीका दृष्टिविहीनले गुनासो गरेका छन् ।

दृष्टिविहीनका लागि मतदाता शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न मङ्गलबार बेनीमा आयोजित एक कार्यक्रममा उनीहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाव चिह्नमा छाप लगाएर मतदान गर्ने निर्वाचन प्रक्रिया दृष्टिविहीनमैत्री नभएको बताए ।

नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य खोमराज शर्माले स्थानीय तहमा निर्वाचन आयोगले अवलम्बन गरेको मतपत्रमा छाप लगाएर मतदान गर्ने निर्वाचनको विधिका कारण दृष्टिविहीनले आफ्नो मत आफँैले गोप्य रुपमा हाल्ने अवस्था नगरेको बताउनुभयो ।

“विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने व्यवस्था भए दृष्टिविहीनले समेत आफ्नो मत आफैँ हाल्न सक्थे, अहिले नजिकको आफन्त वा मतदान अधिकृतमार्फत आफ्नो मत जाहेर गर्नुपर्छ, अरुमार्फत मत हाल्दा गोप्य भनिएको मतदान दृष्टिविहीनका लागि पहुँच बाहिर जस्तै भएको छ,”– उहाँले भन्नुभयो ।

अन्य व्यक्तिले निर्वाचनमा भोट हाल्दा गोप्य हुने भए पनि दृष्टिविहीनको मतदान भने नजिकको आफन्त वा मतदान अधिकृतले थाहा पाउने भएकाले त्यस्तो किसिमको मतदानले दृष्टिविहीनलाई गोप्य मतदान गर्ने अधिकारबाट वञ्चितमा पारेको दृष्टिविहीन सन्ध्या छन्त्यालले बताउँछिन् ।

छन्त्यालले अहिले विद्युतीय भोटिङ मेसिनको निर्वाचन विधि नभए पनि दृष्टिविहीन भएका व्यक्तिले सक्रियरुपमा स्थानीय निर्वाचनमा मतदान गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगमार्फत दृष्टिविहीनका लागि मतदाता शिक्षासम्बन्धी तालिम लिएर फर्कनुभएका नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य खोमराज शर्मा, दृष्टिविहीन सन्ध्या छन्त्यालसहित अपाङ्ग सङ्घ म्याग्दीका अध्यक्ष गोपाल केसीले दृष्टिविहीन भएका व्यक्तिलाई स्थानीय तह निर्वाचनमा योग्य उम्मेदवारलाई आफ्नो भोट दिएर मतदान गर्न उत्प्रेरित गर्नुभएको थियो ।

घरपरिवारको बेवास्ता र मतदाता परिचयपत्र बनाउने सूचनाको अभावका कारण जिल्लाका कतिपय दृष्टिविहीन व्यक्ति मतदाता परिचयपत्र बनाउन नसकेकाले मतदान गर्नबाट वञ्चितमा परेको भन्दै आगामी दिनमा सम्बन्धित सरोकारवालालाई सो सवालमा ध्यानकर्षण गराउनेमा समेत सहभागीले जोड दिएका छन् । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार १२:५१ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...