back
CTIZAN AD

माछापालनका लागि झन्डै रु चार करोडको अनुदान

वि.सं.२०७४ वैशाख २७ बुधवार

816 

shares

२७ वैशाख, रत्ननगर (चितवन) । जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिन लागिएको हो ।

कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको हो ।

विशेषगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा ब्लक निर्माणका लागि चितवनमा ९५ हेक्टर क्षेत्रफल विस्तार गर्ने कार्यक्रम छ । चितवनको माडी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा यो कार्यक्रम लागू गरी माछापालनका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यस्तै पाँच हेक्टरमा नर्सरी पोखरी व्यवस्थापन तथा २० हेक्टरमा माछा उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिएको यादवले जानकारी दिनुभयो ।

प्रतिहेक्टर रु तीन लाखका दरले अनुदान दिइने र माछाको नर्सरी व्यवस्थापनका लागि प्रतिहेक्टर रु दुई लाख थप अनुदान दिइने सो कार्यालयले जनाएको छ । यस्तै सङ्कलन केन्द्र र माछाका लागि पानी व्यवस्थापन गर्न रु २५ लाख तथा उपकरण खरिदका लागि रु २० लाख अनुदानका कार्यक्रम आएको मत्स्य विकास अधिकृत यादवले जानकारी दिनुभयो । ती अनुदानको रकम प्राप्त गर्नका लागि किसानलाई ५० प्रतिशत रकम लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

जिल्लामा अहिले ५३९ हेक्टर जलाशयमा माछापालन भइरहेको छ । त्यसबाट वार्षिक दुई हजार २०० मेट्रिक टन माछा उत्सादन हुँदै आएको छ । जिल्लामा अहिले परियोजनामार्फत माछा, तरकारी र अन्न उत्पादनका लागि नयाँ कार्यक्रम आएको कृषि विकास कार्यालय चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले बताउनुभयो ।

उता जिल्लाको पश्चिम क्षेत्रमा तरकारी जोन निर्माणका लागि कार्यक्रम लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार १२:५४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...