back
CTIZAN AD

मधौलियमा चाउचाउ उद्योग सञ्चालनमा

वि.सं.२०७४ वैशाख २७ बुधवार

861 

shares

२७ वैशाख, तिलोत्तमा (रुपन्देही)  । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित मधौलियमा यशोदा फुड्स प्रालि उद्योगले चाउचाउ र चिजबल्स उत्पादन सुरु गरेको छ ।

दक्षिण एसीयाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रमा व्यापार विस्तार गर्ने योजनासहित अगाडी बढेको सो उद्योगबाट लाली, करेन्ट, जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको जनाएको छ । रु एक अर्ब लगानीमा सञ्चालित उक्त उद्योगबाट आठ घन्टामा १० टन चाउचाउ उत्पादन हुने गरेको दाबी उद्योग सञ्चालक चुन्नुप्रसाद पोडेलले जानकारी दिनुभयो ।

सोे उद्योगमा प्रत्यक्ष रुपमा ३५० जना र अप्रत्यक्ष रुपमा एक हजार २२५ जनाले रोजगारी पाएका छन् । स्वदेशी तथा भारत, चीन र सिङ्गापुरबाट कच्चा पदार्थ मगाएर चाउचाउ उत्पादन थालिएको सो उद्योगले जनाएको छ ।

सोना प्योकिजन इन्डस्ट्रिज, सोना पोलिमर्स, श्रीराम टोबाको उद्योग प्रालि र त्रिमुर्ती इन्डस्ट्रिज प्रालि (करेन्ट मसला) स्थापना गरिसकेको सो प्रतिष्ठानबाट उत्पादित चाउचाउ सार्क राष्ट्रसहित खाडीमुलुकमा समेत निर्यात गर्ने जनाएको छ । उद्योगी चुन्न पौडेल, कमल पालपानी र ऋषि भण्डारीको संयुक्त लगानीमा सो उद्योग स्थापना भएका हुन् ।

नेपालमा अहिलेसम्म १४ वटा चाउचाउ उद्योग स्थापना भएका छन् । तीमध्ये सात वटा उद्योग मात्र सञ्चालनमा छन् । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार १२:५५ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...