Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

मधौलियमा चाउचाउ उद्योग सञ्चालनमा



२७ वैशाख, तिलोत्तमा (रुपन्देही)  । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित मधौलियमा यशोदा फुड्स प्रालि उद्योगले चाउचाउ र चिजबल्स उत्पादन सुरु गरेको छ ।

दक्षिण एसीयाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रमा व्यापार विस्तार गर्ने योजनासहित अगाडी बढेको सो उद्योगबाट लाली, करेन्ट, जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको जनाएको छ । रु एक अर्ब लगानीमा सञ्चालित उक्त उद्योगबाट आठ घन्टामा १० टन चाउचाउ उत्पादन हुने गरेको दाबी उद्योग सञ्चालक चुन्नुप्रसाद पोडेलले जानकारी दिनुभयो ।

सोे उद्योगमा प्रत्यक्ष रुपमा ३५० जना र अप्रत्यक्ष रुपमा एक हजार २२५ जनाले रोजगारी पाएका छन् । स्वदेशी तथा भारत, चीन र सिङ्गापुरबाट कच्चा पदार्थ मगाएर चाउचाउ उत्पादन थालिएको सो उद्योगले जनाएको छ ।

सोना प्योकिजन इन्डस्ट्रिज, सोना पोलिमर्स, श्रीराम टोबाको उद्योग प्रालि र त्रिमुर्ती इन्डस्ट्रिज प्रालि (करेन्ट मसला) स्थापना गरिसकेको सो प्रतिष्ठानबाट उत्पादित चाउचाउ सार्क राष्ट्रसहित खाडीमुलुकमा समेत निर्यात गर्ने जनाएको छ । उद्योगी चुन्न पौडेल, कमल पालपानी र ऋषि भण्डारीको संयुक्त लगानीमा सो उद्योग स्थापना भएका हुन् ।

नेपालमा अहिलेसम्म १४ वटा चाउचाउ उद्योग स्थापना भएका छन् । तीमध्ये सात वटा उद्योग मात्र सञ्चालनमा छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले