back
CTIZAN AD

मतदाता शिक्षाका लागि २१ हजार कर्मचारी, प्रत्येक गाउँ र नगरपालिकमा मतदाता शिक्षा

वि.सं.२०७४ वैशाख ३० शनिवार

630 

shares

 

३० वैशाख, काठमाडौँ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन गर्न करिब २१ हजार कर्मचारी खटाएको छ ।

स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार धेरै भएपछि मत सङ्केत छनोटमा हुन सक्ने समस्या न्यूनीकरणका लागि कर्मचारीलाई दीक्षित गरी आवश्यकतानुसार पठाइएको आयोगले जनाएको छ ।

मतदाताले चाहेको उम्मेदवार छनोट गर्न आयोगले पर्चा, पमप्लेट र नमुना मतदान विधिलाई गाउँसम्मै पु¥याएको छ । निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाएर मतदाताको सहभागिता बढाउन ती कर्मचारीले सहयोग गर्ने छन् । प्रत्येक गाउँ र नगरपालिकमा कर्मचारीले मतदाता शिक्षा उपलब्ध गराउने छन् ।

आयोगका सचिव गोपीनाथ मैनालीले शुक्रबार आयोजित एक कार्यक्रममा मतदाताको मताधिकारलाई संरक्षण गर्न आयोग तथा अन्य कार्यालयका विभिन्न कर्मचारीलाई मतदाता शिक्षा सिकाएर विभिन्न निर्वाचन क्षेत्रमा खटाइएको जानकारी दिनुभयो ।

आयोगले विभिन्न सञ्चारमाध्यममार्फत पनि मतदाता शिक्षा उपलब्ध गराउँदै आएको छ । जनतामा आएको जागरण तथा सञ्चार क्षेत्रको प्रभावले आसन्न चुनावमा राम्रो जनसहभागिता कायम हुने विश्वास गरिएको छ ।

स्थानीय निर्वाचनमा मुलुकमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता भए पनि पहिलो चरणमा ३४ जिल्लाका करिब ५० लाख मतदाताले मतदान गर्ने छन् ।

निर्वाचन नजिकिँदै जाँदा अहिले मौनअवधि सुरु भएको छ । सो अवधिमा कसैका लागि मत माग्न नपाइने र कसैका विरुद्धमा प्रचार गर्न पनि नपाइने व्यवस्था गरिएको छ । सो अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हुँदैन ।

सो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मि वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाउनुपर्ने समेत व्यवस्था गरिएको छ । आयोगले देशैभर नै आफ्ना अधिकारीलाई सो विषयमा समेत शिक्षा प्रदान गरी सम्बन्धित मतदान केन्द्र खटाएको छ ।

आयोगले काठमाडौँ, ललितपुर र भक्तपुरमा नेपाल सरकारका सचिवलाई समेत गोप्य रुपमा खटाएको छ भने केही जिल्लामा प्रजिअलगायत वरिष्ठ अधिकृतलाई सोबारे निगरानी गर्न लगाएको छ ।

केही उम्मेदवारले आचारसंहिता विपरीत चुनावी प्रचार गरेको पाइएको छ । मौनअवधिमा आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारमाथि छानबिन भइरहेको जनाइएको छ । त्यस्तो पुष्टि भएमा उनीहरूलाई कडा कारबाही गरिने छ । उम्मेदवारलाई रु एक लाखसम्म जरिवाना तथा उम्मेदवारी खारेजसम्म गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।

सचिव मैनालीले मौनअवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई सोच्न समय दिने र आराम गर्न केन्द्रित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै मौनअवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्ने गराउनेका बारेमा सूचना सङ्कलन सुरु भइसकेको बताउनुभयो ।

उहाँका अनुसार सामाजिक सञ्जाल (फेसबुकलगायत)मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएकोे छ । आयोगमा फेसबुकबाट चुनावी प्रचार गर्ने काम नरोकिएको तथा मोबाइलमा एसएमएस पठाएर मत मागिएको उजुरी परेको छ । सोबारेमा आयोगका सूचना प्रविधि अधिकृतले अनुगमन गरिरहेको बताइएको छ ।

सो अवधिमा स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन । उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचन सफल बनाउन आयोगको तयारी राम्रो देखिए पनि आयोग मतदाता शिक्षामा चुकेको गुनासो व्यक्त गर्नुभयो । करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले पनि जनतामा उत्साह देखिएको छ । सिंहदरबारको अधिकार अब स्थानीय गाउँ र नगरसम्म पुग्ने भएको छ ।

श्रेष्ठका अनुसार मतपत्रमा अलिकति जटिलता छन्, तर पनि छोटो समयमा धेरै काम आयोगले गरेको छ । धेरै उम्मेदवार भएका कारण आफू स्वयंले मतपत्रबारे बुझ्नका लागि झन्झट व्यहोर्नुपरेको र मतदाता परिचयपत्र लिन कठिन भएको गुनासो पनि उहाँले गर्नुभयो । रासस

वि.सं.२०७४ वैशाख ३० शनिवार ०६:४० मा प्रकाशित

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...