back
CTIZAN AD

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

वि.सं.२०८१ असार ३ सोमवार

654 

shares

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई दीक्षित गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्र उपस्थित भएका थिए । सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भएका । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन् ।

स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित हुनुभएको छ । विद्यावारिधिमा दीक्षित भएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका छन् ।

विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे । सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।

वि.सं.२०८१ असार ३ सोमवार १७:५७ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...