back
CTIZAN AD

चालु आर्थिक वर्षमा साढे ४४ अर्ब विदेशी लगानी प्रतिबद्धता

वि.सं.२०८१ असार ४ मंगलवार

639 

shares

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गएको आर्थिक वर्षको तुलनामा अहिले १० अर्बभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्ष जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो ।

उद्योग विभागका अनुसार जेठसम्म तीन सय ५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जेठमा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार जेठमा तीन अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार एक सय ४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान छ ।

जेठमा भित्रिएको विदेशी लगानीबाट दुई हजार तीन सय २३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । छ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि उद्योग विभागबाट स्वीकृति दिने कानुनी व्यवस्था छ । छ अर्ब भन्दा धेरै लगानीमा सञ्चालन हुने परियोजनाका लागि भने लगानी बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सुरुवातदेखि हालसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी करिब पाँच खर्ब पुगेको छ । अहिलेसम्म छ हजार दुई सय १८ वटा विदेशी लगानी स्वीकृत भइसकेको छ । स्वीकृत लगानीबाट तीन लाख २९ हजार छ सय ५५ जनालाई रोजगारी सिर्जना हुने अनुमान छ ।

तथ्याङ्क अनुसार नेपालमा साना उद्योगमा धेरै विदेशी भित्रिएको पाइएको छ । यस वर्ष कुल तीन सय ४१ वटा साना उद्योगमा एफडीआई आएको छ । मध्यम स्तरीय उद्योगमा १४ र ठुला उद्योगमा ४ वटा मात्र प्रस्ताव स्वीकृत भएको छ । जेठमा ५१ वटा साना उद्योगमा विदेशी स्वीकृत भएको छ । एउटा मात्र मझौला उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण पर्यटनमा अधिक देखिन्छ । यस वर्ष स्वीकृत कुल एफडीआईमध्ये पर्यटनमा मात्र आधा भित्रिएको छ । पर्यटनमा एक सय ७६ वटा प्रस्ताव स्वीकृत भएको छ । यो कुल प्रस्तावको ४९ प्रतिशत हो । सेवा क्षेत्रमा एक सय १४ वटा प्रस्ताव स्वीकृत भएको छ । जुन कुल प्रस्तावको ३२ प्रतिशत हो । उत्पादनमा ४० वटा प्रस्ताव स्वीकृत भएका छन् । सूचना प्रविधिमा १०, कृषिमा आठ, पूर्वाधारमा सात, खानीमा तीन र ऊर्जामा एक वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा छ ।

वि.सं.२०८१ असार ४ मंगलवार १०:५३ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...