back
CTIZAN AD

जापानद्वारा अग्निपीडित गुल्मेली समाजलाई सहयोग

वि.सं.२०८१ असार ९ आइतवार

681 

shares

गुल्मी । गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।

आगलागी घटनामा जिल्लामा सबैभन्दा प्रभावित इस्मा गाउँपालिकाका २८, मदाने गाउँपालिकाका १०, मुसिकोट नगरपालिकाका आठ, रुरुक्षेत्र गाउँपालिकाका सात र गुल्मीदरबार गाउँपालिकाका पाँच जनालाई आर्थिक सहयोग प्रदान गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिए ।

उहाँका अनुसार धुर्कोट गाउँपालिकाका पाँच, रेसुङ्गा नगरपालिकाका, छत्रकोट गाउँपालिकाका र मालिका गाउँपालिकाका दुई÷दुई र कालीगण्डकी गाउँपालिकाका एक जना गरी कूल ७० अग्निपीडित परिवारलाई रु १०÷१० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको हो ।

समाजले अग्निपीडितका लागि जापानमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सङ्कलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडितसमक्ष पु¥याइएको हो । केही स्थानमा आफैँ पुगेर र केही स्थानमा जनप्रतिनिधिमार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले जिल्लाका हरेक विपद्मा सहयोग र सहजीकरण गरिरहेको छ ।

कोभिडका बेला जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था र गुल्मी अस्पतालमा रु १५ लाख बराबरको स्वास्थ्यसामग्री समाजले प्रदान गरेको थियो । सोही अभियानमा नेपाल पत्रकार महासङ्घ गुल्मीले समाजलाई सहजीकरण गरेको थियो ।

विदेशमा भए पनि मातृभूमिप्रतिको सम्मान र नेपालीको माया भएकाले संस्थामार्फत लामो समयदेखि जिल्लावासीलाई सहयोग गरिरहेको भन्दै संस्थाका अध्यक्ष अधिकारीले खुसी व्यक्त गरे । उनले सहयोग सङ्कलन गर्ने सहयोगी मन र सहयोग प्रदान गर्न सहजीकरण गर्ने गुल्मेली पत्रकारलाई धन्यवाद दिए ।

अग्निपीडितलाई पठाएको सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले समाजले सामाजिक क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गरे । आगोले सबै सम्पत्ति जलेर नष्ट भएका परिवारको दुःखमा देखाएको सहानुभूति निकै उदाहरणीय रहेको भन्दै उनले आगामी दिनमा पनि सहयोग र सद्भावको निरन्तरताको आशा व्यक्त गरे ।

गुल्मेली समाज जापानले पठाएको उक्त रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

 

वि.सं.२०८१ असार ९ आइतवार १६:४० मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...