back
CTIZAN AD

रास्वपाबाट राजदूत बन्न एकैदिन ५० जनाले दिए आवेदन

वि.सं.२०८१ असार ११ मंगलवार

1.1K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट राजदूत बन्नका लागि आवेदन दिन आव्हान गरेको छ ।

सत्ता गठबन्धन दलमा रहेको रास्वपाले दलहरुबीच भागवण्डाका क्रममा परेको आफ्नो भागको राजदूत पदका लागि सोमबारदेखि ‘राजदूत सिफारिस मापदण्ड २०८१’ बनाई अनलाइनबाट आवेदन माग गरेको थियो ।

सोमबार बिहानबाट खुला गरिएको अनलाइन आवेदनमा मंगलबार बिहानसम्म ५० भन्दा बढीले राजदूत पदका लागि आवेदन दिएको कार्यदलकाा संयोजक खनालले जानकारी दिएका छन् । उक्त अनलाइन आवेदन दिने समय शुक्रबार सम्म रहेको छ ।

आवेदनमा परेका नाममा प्रक्रियागत छलफल गरेपछि मात्र पार्टीका तर्फबाट राजदूतमा नाम सिफारिस गरिने बताइएको छ ।

सांसद शिशिर खनालको संयोजकत्व र सोविता गौतम तथा प्रा.डा अतिन्द्र दाहाल सदस्य रहेका समितिले बनाएको मापदण्डसहितको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाईसोमबार हस्तान्तरण गरिएको थियो ।

केही समय अगाडि विभिन्न देशका राजदूत फिर्ता बोलाएको सरकारले जेठ २४ गते विभिन्न मुलुकका लागि राजदूत सिफारिस गरेको थियो । अब बाँँकी रिक्त रहेका तीन देशमध्ये र रास्वाको भागमा दुई देश परेका छन् ।

वि.सं.२०८१ असार ११ मंगलवार १२:१५ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...