back
CTIZAN AD

एमालेसँगको सहमतिपछि देउवाले बोलाए पदाधिकारी बैठक

वि.सं.२०८१ असार १८ मंगलवार

918 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।

नेकपा एमालेसँग राष्टिय सहमतिको सरकार बनाउने मध्यरातमा सहमति भएपछि सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठक बोलाएका हुन् ।

बिहान नौ बजेका लागि बोलाइएको उक्त बैठकमा एमालेसँगको नयाँ सरकार बनाउने समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस -एमालेबीच सोमबार मध्यराति सहमतिको सरकार बनाउने विषयमा सहमति भएको छ । उक्त सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् भने दोस्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने बताइएको छ ।

सोमबार राति भएको समझदारी पत्रलाई दुवै दलभित्र छलफल गरी मंगलबार अन्तिम रुप दिएर अध्यक्ष ओली र सभापति देउवाले हस्ताक्षर गर्ने तयारी भइरहेको बताइएको छ ।

file- photo

वि.सं.२०८१ असार १८ मंगलवार ०८:०१ मा प्रकाशित

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...