काठमाडौं । रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक जना बालिकाको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-३ का ७७ वर्षीय खड्ग डाँगी, ३० वर्षीया अमृता घर्ती र ३३ वर्षीय जुनमाया खड्का, रोल्पाकै परिवर्तन गाउँपालिका-२ का ३१ वर्षीया रामकली पुन, माडी गाउँपालिका-३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेका छन् ।
घाइते ८ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएको र गम्भीर अवस्थाका ६ जनालाई भने थप उपचारको लागि राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ ।
रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ-तालाबाङ सडक खण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ ६ बजे दुर्घटनामा परेको हो ।
वि.सं.२०८१ असार १८ मंगलवार ०८:४४ मा प्रकाशित






























