back
CTIZAN AD

फलाम आयात घटाउन धौवादी क्षेत्रबाट उत्खनन् गरिने

वि.सं.२०८१ असार २४ सोमवार

726 

shares

काठमाडौँ । हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ ।

खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो ।

अध्ययनका क्रममा धौवादीको १० किलोमिटर क्षेत्रमा ठूलो परिमाणमा फलाम खानी पत्ता लागेको थियो । विसं २०७६ भदौ ४ गते मन्त्रिपरिषद्ले निर्णय गरी ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिसकेको छ ।

उक्त कम्पनी विसं २०७६ असोज ९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा ‘धौवादी फलाम कम्पनी लिमिटेड’को नाममा दर्ता भइ सोही वर्षको फागुनदेखि सञ्चालित छ । भारतको एम एण्ड दस्तुर, एस आर के र नेपालको जेड कम्पनीले आठ महिना लगाएर फलाम खानी बारे अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिवेदनमा विसं २०८४ देखि फलाम उत्पादन गर्न सकिने उल्लेख छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा जनकबहादुर चन्दले धौवादी फलाम खानीमा आधारित आइरन÷स्टिल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन भई अन्तिम प्रतिवेदन प्राप्त भएको बताए ।

अध्ययनले आइरन÷ स्टिल उत्पादन गर्न आर्थिक र प्राविधिक रूपमा सम्भव देखिएको उनको भनाइ छ । आगामी दिनमा माइनिङ सेस्मिक (उत्खनन गर्दा हुने कम्पन), वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) र विस्तृत परियोजना प्रतिवदेन तयार गरी उत्पादनतर्फ लागिने कम्पनीले जनाएको छ । डा चन्दका अनुसार उद्योग स्थापना भएसँगै दुई हजारदेखि दुईहजार पाँच सयले प्रत्यक्ष र २० देखि २५ हजार जनशक्तिले अप्रत्यक्ष रूपमा रोजगारी पाउनेछन् ।

अध्ययनले परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड लाग्ने प्रक्षेपण गरेको छ । उक्त लगानी असुल भइ कम्पनी नाफामा जान सात वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ । कम्पनीले उद्योगको लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाइसकेको छ ।

धौवादी फलाम खानीबाट निकाल्न सकिने परिमाण र गुणस्तरका बारेमा सरकारले यसअघि चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । चिनियाँ प्रयोगशालाले उक्त खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको पुष्टि भएको जनाएको थियो ।

सुरुमा ४५ प्रतिशत निजी र ५५ प्रतिशत सरकारले लगानी गर्ने तय भएपनि लगानीको ढाँचा टुङ्गो लागेको छैन । आइरन÷स्टिल उत्पादन क्रममा उद्योगको डिआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युत्समेत उत्पादन हुनेछ । धौवादी क्षेत्रमा फलाम उत्पादन भएमा २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त क्षेत्रमा नौ करोड ९० लाख टन फलाम रहेकामा नौ करोड ६० लाख टनमात्र उत्खनन गर्न सकिने बताइएको छ । कम्पनीका अध्यक्ष एवम् खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी विभागले विसं २०६८ देखि फलाम खानीको अध्ययन गर्दै आएको बताए । “नेपालमा रहेको फलाम खानीबाट फलाम उत्पादन गरी बिक्रीवितरण गर्न सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्थ्यो”, उनले भने ।

महानिर्देशक घिमिरेले खानी तथा भूगर्भ विभागले देशभरका साना तथा ठूला खानीको अध्ययन अनुसन्धान गर्दै आएको बताए । कम्पनी सञ्चालनमा आउँदा व्यापारघाटामा कमी, रोजगारी सिर्जना, फलामजन्य कच्चापदार्थको आयातमा कमी, पूर्वाधार औद्योगिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

 

वि.सं.२०८१ असार २४ सोमवार १७:०२ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...