back
CTIZAN AD

एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै

वि.सं.२०८१ असार २५ मंगलवार

786 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् । सातै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिस गर्न पार्टीले निर्देशन दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । वर्तमान केन्द्रीय कमिटीले सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा नयाँ केन्द्रीय सदस्य छनोट गर्नेछ ।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५-४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिए ।

वि.सं.२०८१ असार २५ मंगलवार १०:३० मा प्रकाशित

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...