back
CTIZAN AD

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

वि.सं.२०८२ फागुन २३ शनिवार

861 

shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो हुने निर्वाचित हुने तर्फको मतगणना सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न मौसमले साथ नदिएपछि केही क्षेत्रको मतगणना सुरु गर्न ढिलाइ भएको थियो । पछिल्लोपटक हेलिकप्टरबाट ढुवानी गरिएका सङ्खुवासभा र गोरखाको मतगणना आज बिहानदेखि सुरु भइसकेको छ । यसैगरी मुगुमा मानिसले बोकेर मतपेटिका ढुवानी गरेपछि दिउँसो ४ः०० बजेदेखि सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले ५८ क्षेत्रमा मतगणना सकिएको भनी आयोगको प्रणालीमा तथ्याङ्क प्रविष्टि भएको उनले जानकारी दिए । आयोगको प्रणालीमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रविष्टि गर्न प्राविधिक समस्याका कारण केही ढिलाइ समेत हुने गरेको छ ।

प्रत्यक्षतर्फ मतगणना सकिएका क्षेत्रमा समानुपातिकमा पनि गणना सुरु भएको छ । समानुपातिकतर्फ हालसम्म तीन लाख ७० हजार मतगणना भई त्यसको विवरण आयोगको प्रणालीमा प्रविष्टि भएको सहायक प्रवक्ता जिसीले जानकारी दिए ।

प्रत्यक्षतर्फ आइतबार बेलुकीसम्म १६५ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुने गरी गणना भइरहेको आयोगले जनाएको छ ।

वि.सं.२०८२ फागुन २३ शनिवार १७:३८ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...