back
CTIZAN AD

एमालेले सरकार छाड्नुको औचित्य पुष्टि गर्नुपर्छ : लेखनाथ दाहाल

वि.सं.२०८१ असार २५ मंगलवार

897 

shares

प्रतिनिधि सभाका सदस्य लेखनाथ दाहालले नेकपा एमालेले सरकारसँगको सहकार्य तोड्नुको कारण जनतालाई बताउनुपर्ने बताएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा उनले कम्युनिस्ट घटकबिच एकता र सहकार्यको उद्देश्यले सुरु भएको सत्ता सहकार्यबिचमा तोडिनुले शङ्का पैदा गरेको बताए ।

‘चार महिना अघि केपीको प्रस्तावमा नेपालका कम्युनिस्टमा उत्साह र ऊर्जा थप्नु¥यो । कुनै पनि हालतमा राजनीतिक र रणनीतिक हिसाबले हामी एक ठाउँमा उभिनुपर्छ भन्ने भन्ने केपी ओलीको प्रस्तावलाई प्रचण्डले स्विकार्नुभयो । दाहालले भने, ‘त्यसको जगमा राजनीतिक सहकार्य सत्ता सहकार्यसँग जोडिनुपर्छ भन्ने, मूलभूत रूपमा सहकार्य समीकरण, ध्रुवीकरण एकल प्रत्यासमा जानुपर्छ भन्ने प्रस्ताव प्रचण्डले स्विकार्नुभयो र अन्तर हाम्रो सत्ता सहकार्य भयो ।’

उनले पुरानो समीकरण तोडेर नयाँ समीकरणमा जानुको उद्देश्यमाथि प्रस्टाउन एमालेसँग आग्रह गरेका छन् । दाहालले सत्ता समीकरण आएको परिवर्तनले सुशासन, समृद्ध र सामाजिक न्यायको केन्द्रीय कार्यभार पुरा गर्ने सङ्कल्पमा ब्रेक लागेको बताए ।

‘के कारणले पछिल्लो समय हामीबिचको समीकरण तोडियो । यसको जवाफ दिनुपर्छ । यो चार महिनामा सरकारले के गर्नु पर्थ्यो, के गर्नु हुन्थ्यो ?’ उनले प्रश्न गरे, ‘धेरै विवादहरू मैले देखेँ, यो बिचमा धितो पत्र बोर्डको अध्यक्षको विषयमा लामै समय विवाद भयो । अर्बौँको चलखेल भएको सुनियो । धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सकिएन त्यस कारण हाम्रो सहकार्य टुट्यो ? बेचन झा र प्रतिक थापाको गिरफ्तारी भयो । त्यही कारण सहकार्य टुट्यो ? एमालेले जवाफ दिनुपर्छ ।’

 

वि.सं.२०८१ असार २५ मंगलवार १३:५६ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...