मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पदबाट राजीनामा दिन काँग्रेसले आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै नयाँ सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई महत्त्वपूर्ण निर्णय नगर्न भनेको छ ।
कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाद्वारा जारी उक्त विज्ञप्ति अनुसार वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले कामचलाउको हैसियतमा पुगेको छ । सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण समेत भएको र मुख्यमन्त्रीले राजनीतिकलाई सहज र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गर्ने विज्ञप्ति मार्फत उनले आग्रह गरेका छन् ।
वि.सं.२०८१ असार २७ बिहीवार १०:५२ मा प्रकाशित


























