विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र एक पुरुषको विभत्स हत्या भएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जनाए ।
डीएसपी बस्नेतका अनुसार बजगाईं कुखुरा फर्म सञ्चालक हुन् । घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान करिब साढे १० बजे शव फेला परेको डीएसपी बस्नेतको भनाइ छ ।
प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ ।
बजगाईंको खुकुरा फार्ममा काम गर्नका लागि पति–पत्नी बसेका थिए । घटनापछि दुई जना नै फरार भएका कारण हत्यामा कामदारको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।
वि.सं.२०८१ असार २७ बिहीवार १३:२० मा प्रकाशित





























