back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकद्धारा सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

वि.सं.२०८१ असार २७ बिहीवार

756 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा संघीय संसदका माननीय सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ ।

संघीय संसदको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरन्जिबी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालले संघीय सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले रा.वा.बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए । राष्ट्र बैंकका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्धाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङ्गका बारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरुले जिज्ञासा राखेका थिए ।

उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७७ जिल्लामा २८८ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको बैंकले जनाएको छ ।

वि.सं.२०८१ असार २७ बिहीवार १३:१५ मा प्रकाशित

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...