back
CTIZAN AD

पालिकाद्वारा घाँसखेती गर्ने किसानलाई अनुदान

वि.सं.२०८१ असार २८ शुक्रवार

717 

shares

तनहुँ । जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी रु तीन हजारका दरले किसानलाई अनुदान वितरण गरिएको हो ।

पशुपालक ३७ जना किसानले एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेवापत कुल रु पाँच लाख ५५ हजार अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । नगरपालिकासँगको समन्वयमा पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्ध उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो ।

“घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत किसानले नयाँ प्रजातिका डाले तथा भुँइघाँस विस्तार गरेका छन्”, ढुङ्गानाले भने, “यस कार्यक्रमले पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी आउने अपेक्षा गरेका छौँ ।”

नगरले दुग्ध उत्पादनको आधारमा अनुदान वितरण थालेको छ । नगरभित्रका दुईवटा दुग्ध उत्पादन सहकारीमार्फत रु चार लाख २० हजार रकम अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उनका अनुसार उत्पादनको आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ ।

प्रशासकीय अधिकृत पौडेलले भने, “किसानलाई प्रतिलिटर रु तीनका दरले अनुदान दिएका छौँ । यसले पशुपालक किसानलाई हौसला प्रदान गरेको हामीले विश्वास लिएका छौँ ।” किसानको माग र आवश्यकताका आधारमा अनुदान थप गर्दै जाने उनले बताए ।
रासस /फाइल फाेटाे

वि.सं.२०८१ असार २८ शुक्रवार १३:५६ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...