काठमाडौँ । नेकपा एमालेसँग मिलेर पार्टीले सरकार बनाउने भएपछि नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूबीच छलफल भएको छ । आफ्नो समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन विशालनगरस्थित कोइरालाको सचिवालयमा नेताहरूको बैठक बसेको हो ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बैठकमा गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।
वि.सं.२०८१ असार ३० आइतवार १२:५६ मा प्रकाशित






























