back
CTIZAN AD

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

वि.सं.२०८१ साउन ६ आइतवार

1.2K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरू एकताबद्ध भएर लोकतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिँदै उनले भने, “लोकतन्त्रको यो यात्रालाई हामी सबै मिलेर सुदृढ बनाए लैजाने सङ्कल्प गरौँ ।”

अध्यक्ष नेपालले लोकतन्त्रको विकल्प अर्को कुनै तन्त्र वा प्रणाली हुन नसक्ने धारणा राख्नुहुँदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र र व्यवहार हो भने । प्रणाली र संस्था बलियो नभएसम्म देश बलियो हुन नसक्नेमा जोड दिँदै उनले गणतन्त्रको लाभ आमनागरिकसमक्ष पुग्ने सहजमार्ग खोज्न, जनतालाई परिवर्तनको अनुभूति गराउन सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले संविधान संशोधनजस्तो दीर्घकालीन महत्वको विषयमा ‘कुन–कुन विषयमा संविधान संशोधन गरिने हो’ त्यसबारे सबै राजनीतिक शक्ति, बुद्धिजीवि, नागरिकसमाज र सरोकार भएकाहरूबीच छलफल गरेर देशको बृहत्तर हितअनुरूप हुनुपर्ने धारणा राखे ।
देश र जनताको अग्रगति, सुशासन र आर्थिक समृद्धिबारे सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड थियो । पूर्वप्रधानमन्त्री नेपालले त्रिशूलीमा बेपत्ता भएका दुई बसका यात्रुलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरे । सडक पूर्वाधार निर्माण र सडक सुधारका कामलाई राज्यले प्राथमिकतामा राखेर दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन जरुरी रहेको पनि उनको भनाइ थियो ।

अध्यक्ष नेपालले सूचना प्रविधिको विकास, रोजगारी सिर्जना, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, वातावरण संरक्षणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । उनले अहिलेको परिस्थितिमा आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा उभिने र सकारात्मक कामको प्रशंसा र नकारात्मक कामको खबरदारी गर्ने बताए ।

वि.सं.२०८१ साउन ६ आइतवार १७:३६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...