back
CTIZAN AD

किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसद गैरेको माग

वि.सं.२०८१ साउन ७ सोमवार

573 

shares

काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरिन् ।

सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयीकरण हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराए । यसबाट वातावरणीय समस्या बढ्दै गएको तथा पानीको स्रोत सुक्दै गएकाले त्यसप्रति गम्भीर बन्न सरकारसँग आग्रह गरे । उनले गाउँबस्ती कटान र डुबानले प्रभावित भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद शेखरकुमार सिंहले मधेश–प्रदेशको संस्कृति संरक्षण गर्न आवश्यक भएको उल्लेख गरे । यसले पर्यटकलाई आकर्षण गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

सांसद कृष्णप्रसाद अधिकारीले खस्कँदो अर्थतन्त्रमा सुधार ल्याउन सुझाव दिए ।

सांसद विष्णुकुमारी सापकोटाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर स्वदेशमै स्थानीय तहबाट नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०८१ साउन ७ सोमवार १६:२६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...