back
CTIZAN AD

अवैध तस्करी रोक्न भैरहवा भन्सार कार्यालय सक्रिय

वि.सं.२०८१ साउन ७ सोमवार

978 

shares

भैरहवा (रुपन्देही) । खुल्ला सीमाका कारण सीमा क्षेत्रबाट दैनिकजसो अवैध सामान भित्रिन्छन् । बिना भन्सार सामान भित्रिँदा एकातर्फ राजस्व असुली प्रभावित भइरहेको छ भने स्वदेशी व्यापारी मर्कामा परिरहेका छन् ।

सीमा क्षेत्रबाट हुने अवैध तस्करी रोकी राजस्व चुहावट नियन्त्रण गर्न र वैध आयात–निर्यातलाई प्रोत्साहन गर्न पछिल्लो समय भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएको छ ।

गत जेठ २९ मा भन्सार कार्यालयले लु १ च ४७९२ नं को पिकअप गाडी नियन्त्रणमा लियो । उक्त पिकअपमा अवैधरुपमा भित्र्याइएको रु १७ लाख बढीको बेल्ट, ब्रा र मोजा भेटियो । गाडीको मूल्य रु पाँच लाख कायम गरी सामान र गाडी जफत गरिएको कार्यालयका प्रमुख एवं भन्सार अधिकृत नारद गौतमले बताए ।

उक्त गाडीका चालक अब्दुल अन्सारी अहिले थुनामा छन् । भन्सारले गत जेठ १ गते २४ टन अवैध प्याजसहित ना ५ ख ५२७१ नं को ट्रक नियन्त्रणमा लिएको थियो । रु नौ लाख ६० हजार बराबरको उक्त प्याज र रु १२ लाख ट्रकको मूल्य कायम गरेर जफत गरिएको उहाँले जानकारी दिए ।

ट्रकसँगै नियन्त्रणमा लिइएका सुरज कान्दु थुनामा छन् भने नारायण भुसाल धरौटीमा छुटेका छन् । अवैध पैठारी रोक्न भन्सारले गरेका यी दुई प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय सेवा प्रवाहसँगै भन्सारमा खटिएको टोलीले तस्करी निणन्त्रणमा सक्रियता देखिएको छ ।

रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले सानादेखि ठूला अवैध चोरी पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेका भन्सार अधिकृत गौतमले बताए । यो सफलताको पछाडि कार्यालयका सम्पूर्ण कर्मचारीको सामूहिक प्रयास रहेको उनको भनाइ छ ।

“नेतृत्वको हिसाबले टिम परिचालन प्रभावकारी रुपमा गरिएको छ”, गौतमले भने, “बाँकी सबै सामूहिक प्रयासको नतिजा हो ।” उनले हेर्दा सानो परिमाणमा यस्ता अवैध निकासी पैठारीका काम देखिए पनि यसले राजस्व असुलीमा ठूलो असर गरिरहेको बताए ।

राजस्व वृद्धि गर्ने स्म्भावनाबारे अध्ययन गर्दा यो पनि एउटा कारण रहेकाले यसको नियन्त्रणमा लागिएको गौतमले बताए । भन्सारको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा भन्सार छली गरी अवैध बाटोबाट भित्र्याइएका रु तीन करोड ५९ लाख बढीको सामान बरामद गरिएको छ ।

अवैध सामान ओसारपसारमा प्रयोग भएका ट्रक, मिनी ट्रक, पिकअप र कार गरी १६ सवारीसाधन नियन्त्रणमा लिइएको छ । यीमध्ये जफत गरिएका सवारीसाधनबाट रु एक करोड ८३ लाख ७५ हजार राज्यकोषमा जम्मा भएको गौतमले जानकारी दिए । उनका अनुसार सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको हो ।

अवैध पैठारीमा संलग्न सात जना थुनामा छन् भने पाँचजना फरार छन् । केही धरौटीमा छुटेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा भन्सारले आफ्नै सक्रियतामा ६० बढी मुद्दा दर्ता गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले जानकारी दिए ।

नियमित गस्तीसँगै धमाधम सामान र मानिस पक्राउ गर्न थालेपछि कयौँ तस्करहरु रुपन्देहीका नाकाबाट कारोबार गर्न छाडेर कपिलवस्तु र पश्चिम नवलपरासीतर्फ लागेका उनको दाबी छ । नियमित काम र जनशक्ति अभावले मुख्य तस्करसम्म पुग्न अझै नसकिएको उनले जानकारी दिए ।

पछिल्लो समय भन्सारले नियमित गस्ती र सूचनाको जानकारी लिन ‘क्विक रेस्पोन्स टिम’ नै बनाएर काम गरिरहेको छ । भन्सारले अवैध रुपमा भित्र्याइएका कपडा, चिनी, हार्डवेयर, सुर्ती, चुरोट, प्याज, स्टिम चामललगायत सामान सधैँजसो निणन्त्रणमा लिने गरिएको छ । भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौँका सामान बरामद गरेका छन् । सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर हुने तस्करी रोक्न गरिएको प्रयासले खस्किरहेको राजस्व वृद्धिमा टेवा पु¥याउने भन्सार कार्यालयले बताएको छ ।

वि.सं.२०८१ साउन ७ सोमवार १५:५८ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...