विश्वकै सम्राट राज्य न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल रयाली गरिने भएको छ । न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको कार्यलयको आयोजनामा नेपालको प्राकृतीक सुन्दरता, एैतिहासिक, पुरातात्विक र र्धािमक सम्पदा र मौलिक कला संस्कृति झल्किने व्यानर सहितका रयाली न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्लि हुदै टाइम्स स्क्वायरमा पुगेर समापन गरिने भएको छ ।
रयालीको लागी अनुमती प्रकृया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागी अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारि दिए । “साइकलको लागी सिटी व्यांकसंग र सडकको अनुमतिको लागी सरकारी निकायसंग अनुमतिको काम अघि बढीसकेको छ ।” उनले भने । अमेरिकी समुदाय मात्र नभै विश्वसामु नै नेपालको प्रचार गर्न यो उत्तम उपाय हो भएको श्रेष्ठको दाबी छ । आगामी जुनको अन्तिम साता आयोजना गरिने साइकल रयालीमा न्यूयोर्कका विभिन्न ३ वटा अमेरिकन साइकल राइडरर्स क्लवहरुको पनि सहभागीता रहने छ ।
न्यूयोर्कको ज्याक्सन हाइटमा नेपाली महाबाणिज्य दूतावास र अवैतनिक पर्यटनदूतद्धारा संयूक्तरुपमा आइतबार आयोजीत, “नेपालको पर्यटन प्रवर्धनमा न्यूयोर्कका नेपाली संस्थाहरुको भूमिका” विषयक अन्तरक्रियामा कार्यक्रममा महाबाणिज्यदूत पुष्पराज भट्टराइले नेपाल र अन्य मुलुकको पर्यटन पुर्वाधारको तुलनात्मक अध्यायन प्रस्तुत गर्नुभएको थियो । नेपाली कन्सुलर कृष्णकुमार सुवेदीले नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको पर्यटनलाइ अमेरिकी पर्यटनले दहे टेवा दिनसक्ने बताउनु भयो । “अमेरिकी पर्यटकहरु संसारमै सबैभन्दा धेरै खर्चालु मानिन्छन् , हामीले अहिलेको संख्यामा उल्लेख्यबृद्धि गर्न जरुरि छ ।” सुवेदीले भन्नुभयो ।
वि.सं.२०७४ जेठ २ मंगलवार ०७:४४ मा प्रकाशित
























