काठमाडाौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले यी दुई प्रकरण छानबिन गर्न माग गरेका हुन् ।
महामन्त्री शर्माले अरूमाथि अनुसन्धान माग गर्न सजिलो हुने तर आफूमाथि अनुसन्धान माग गर्न गाह्रो हुने बताए ।
‘गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको थियो । यो बेला प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका को व्यक्ति हुन् तिनले छुट पाउन हुँदैन,’ शर्माले भने, ‘यो आरोपको छानबिन गरियोस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि निर्दोष फस्न हुँदैन, दोषी उम्कन हुँदैन।’
वि.सं.२०८१ साउन १३ आइतवार १६:०० मा प्रकाशित

























