back
CTIZAN AD

देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण, उपत्यकामा तीनसय बढी

वि.सं.२०८१ साउन १६ बुधवार

1K 

shares

काठमाडौँ । देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु देखिएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

उपत्यकामा तीन सय १६ जनामा सङ्क्रमण

उपत्यकामा मात्रै तीन सय १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । काठमाडौँमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको सङ्क्रमण देखिएको हो ।

रोग शाखा प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । “डेङ्गु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्दछ”, उनले भने ।

 

 

वि.सं.२०८१ साउन १६ बुधवार २१:३८ मा प्रकाशित

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...