back
CTIZAN AD

कर्णालीमा विपद्ः डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति, नौको मृत्यु

वि.सं.२०८१ साउन १६ बुधवार

774 

shares

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण रु दुई करोडभन्दा बढीको क्षति भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी रु दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ बाराबरको क्षति भएको हो । सबैभन्दा धेरै दैलेखमा रु ७० लाखको क्षति भएको तथ्याङ्क छ । यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ । यस्तै जाजरकोटमा ३३ वटा घटना हुँदा रु ३० लाख, सल्यानमा २४ वटा विपद्जन्य घटनामा रु ५१ लाख ३० हजार, रुकुम पश्चिममा ४७ मनसुनजन्य घटनाबाट रु १६ लाख ९९ हजारको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

कालिकोटमा एक सय दुई मनसुनजन्य घटनामा रु १८ लाख ५० हजार, जुम्लामा चार घटनामा रु ४० लाख, डोल्पामा १६ वटामा रु १९ लाख ५० हजारको क्षति भएको तथा हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभए पनि यहाँ हालसम्म ३३ वटा मनसुनजन्य घटना भएका उहाँले जानकारी दिए ।

विपद्का घटनामा नौको मृत्यु

सोही अवधिमा कर्णालीमा मनसुनजन्य विपद्का घटनामा परी नौको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । जसमध्ये सुर्खेतमा दुई, दैलेखमा एक, जाजरकोटमा दुई, रुकुम–पश्चिममा चारको मृत्यु भएको हो । रुकुम–पश्चिका एक जना अझै बेपत्ता रहेको प्रवक्ता ओलीले बताए ।

यसैबीच ४६ जना घाइते भएका छन् । घाइते हुनेमा जाजरकोटका २२, रुकुम पश्चिमका ११, कालिकोटका सात, दैलेखका चार, सुर्खेत र डोल्पाका एक÷एक जना रहेका छन् ।

यसैगरी विपद्बाट कर्णाली प्रदेशभर ४५ परिवारका दुई सय पाँच जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

बाढीपहिराबाट डेढ महिनाको अवधिमा प्रदेशमा एक सय छ पशुचौपाया मरेका छन् भने ४५ वटा घाइते भएका छन् । ७५ वटा बेपत्ता छन् ।

यहाँ बाढीपहिराले ७० घरमा पूर्ण र ५४ घरमा आशिंक क्षति पुगेको तथ्याङ्क छ । यस्तै २७ साना उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई विद्यालय पूर्ण तथा दुई विद्यालयमा आंशिक क्षति पुगेको छ । चार वटा सरकारी कार्यालयमा बाढीपहिराले क्षति पुग्दा दुई वटा सङ्घसंस्थाका भौतिक संरचनामा क्षति पुगेको छ । रासस

 

 

वि.सं.२०८१ साउन १६ बुधवार २१:४१ मा प्रकाशित

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...