back

अमेरिकी मगरहरूको इतिहास ‘२० वर्ष विगतलाई हेर्दा’ लोकार्पण

वि.सं.२०८१ साउन १८ शुक्रवार

342 

shares
NTC AD

न्यूयोर्क । मगर संघ अमेरिकाको २० औं वार्षिकोत्सवको अवसरमा संघको दुई दशकको गतिविधिको ऐतिहासिक दस्तावेजिकरण गरिएको ४६४ पृष्ठको बृहद अभिलेखन कृति ‘२० वर्ष विगतलाई हेर्दा’ को लोकार्पण गरिएकोछ ।

अभिलेखन कृतिमा संघको स्थापनाकालदेखि वर्तमानसम्मको गतिविधिहरूका साथै नेपालीत्व, मगर जातिको ईतिहास, पहिचान, मगर मातृभाषा, संस्कृतिको ऐतिहासिक महत्व र वर्तमान अवस्थाबारे संघले यस अघि सन् २०११, २०१४, २०२१ र २०२३ मा प्रकाशित ‘याँभू’ (ईन्द्रेणी) स्मारिकामा प्रकाशित लेख रचनाहरूको एकल संग्रह गरी प्रकाशन गरेको हो ।

न्यूयोर्क सहरमा आईतवार जुलाई २८ तारिख आयोजित समारोहमा प्रमुख अतिथि एवं नेपालको पहिलो संविधानसभा सभासद पूर्णबहादुर राना मगर, मगर संघ अमेरिकाका वर्तमान र पूर्व अध्यक्षहरू, अभिलेखन कृतिका प्रधान सम्पादक प्रदीप परियार थापा मगर, मगर संघ अमेरिकाको पहिलो र दोश्रो पुस्ताका प्रतिनिधि मगरहरूले उक्त कृतिको संयुक्तरूपमा लोकार्पण गरेका थिए।

सो अभिलेखिकरण कृतिमा संघको विगत वीस वर्षको गतिविधिहरूलाई ६४ पृष्ठहरूमा तस्विरमा समेट्ने प्रयास गरिएको छ भने बाँकी ४०० पृष्ठहरूमा लिखित अभिलेखन गरी दस्तावेजिकरण गरिएको हो ।

मगर संघ अमेरिकाको स्थापनाकालदेखि हालसम्म संघलाई सातजना अध्यक्षहरूले नेतृत्व गरेका छन्, जसअनुसार संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी मगर (२००४–२००६); निलम थापा मगर (कार्यबाहक अध्यक्ष २००६–२००८); लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर (२००८–२०१२); क्या. दलबहादुर रोका मगर (२०१२–२०१५); रुद्र थापा आले मगर (२०१५–२०१८); कुलदिप राना मगर (२०१८–२०२१); र कुलदिप राना मगर (२०२१–२०२३); र याम पुन मगर (२०२३–२०२५) रहेकाछन्।

मगर संघ अमेरिका केन्द्रीय अध्यक्ष याम पुन मगरले संघका विगतका सबै प्रकाशनहरूलाई समेटेर एकीकृत ऐतिहासिक दस्तावेजकोरूपमा यो कृति प्रकाशन गरिएको उल्लेख गर्दै भनेका छन्– ‘कुनै पनि संस्थाको जीवनमा सफलतापूर्वक दुई दशक पुरा गरी क्रियाशील रहनु आफैमा महत्वपूर्ण उपलब्धी हो । हालसम्म मगर संघ अमेरिका केन्द्रिय समिति अन्तरगत न्यूयोर्क, डीएमभी, टेक्सास, न्यूजर्सी, इलिनोइ, क्लोराडो, पेन्सिलभानिया र मासाचुसेट्स गरी ८ वटा राज्य च्याप्टरहरु स्थापना भै क्रियाशील छन् । मगर संघ अमेरिका केन्द्रीय समितिले सवै राज्य च्याप्टरहरुसंग मिलेर मगर जातिको भाषा, संस्कृति, इतिहास र पहिचानलाई संरक्षण र सम्वर्धन गर्न अमेरिका र नेपालमा सक्दो प्रयास गर्दै आएको छ ।’

स्मारिका प्रकाशन समिति संयोजक एवं संघको वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिप सागर बुढा मगरले भने, ‘समय बलवान छ, परिवर्तित छ । आज हामीले इतिहास कोरेनौं भने यात्राको अर्को फड्को अगाडी बढ्ने बेला विगतमा के भएको थियो भन्ने ईतिहास हराउँछ ।
‘मगर संघ अमेरिकाको इतिहासलाई साक्षी राख्दै भावी पुस्तालाई संघको २० वर्षे दस्ताबेजिकरण कोशेली दिन ‘मगर संघ अमेरिका २० वर्ष (बिगतलाई हेर्दा’)’ ऐतिहासिक कृति प्रकाशन गर्न लागिएको हो, उनले थ पभने, ‘मगर संघ अमेरिकाको ऐतिहासिकतालाई अविस्मरणीय बनाउन हाम्रो संस्थालाई माया गर्ने सम्पूर्णजनहरुमा इतिहासदेखि वर्तमानसम्मको सत्य तथ्य भोगाई बाँड्न यो कृतिको परिकल्पना गरिएको हो । त्यसैले यो दस्ताबेजिकरणको प्रयास मगर संघ अमेरिकाको गौरवपूर्ण ईतिहासको संरक्षण गर्ने एक सतत् प्रयास हो ।’

मगर संघ अमेरिकाको वर्तमान सल्लाहकार एवं निवर्तमान अध्यक्ष कुलदीप रानामगर जसको कार्यकालमा यो कृति प्रकाशन गर्ने निर्णय गरी कार्यसम्पादन थालनी गरिएको थियो, ले मगर संघ अमेरिका अहिले तन्नेरी अवस्थामा पुगेको बताएका छन् ।

“अमेरिकामा मात्र नभै विश्वभरी रहेका मगरहरुलाई एकताको सन्देश दिंदै संघको २० वर्षको ऐतिहासिक दस्तावेज भावी पिढीहरुको हातमा पुर्याउने उद्देश्य अनुरुप संघको सांगठनिक गतिविधि र रचनात्मक क्रियाकलापलाई एउटै पुस्तकमा दस्तावेजीकरण गर्ने प्रयास गरिएको छ ।’

अमेरिकाको अग्रणी एवं प्रतिष्ठित अनुसन्धान संस्था पिउ रिसर्चका अनुसार अमेरिकामा जन्मेका एशियाली मूलका अमेरिकीहरू मध्ये ६५ प्रतिशत जनसंख्याले अंग्रेजी भाषा मात्र बोल्दछन् या बुझ्दछन् । उता ५७ प्रतिशत एशियालीहरू अमेरिका बाहिर जन्मिएका हुन ।

सन् २०२० को जनगणना अनुसार अमेरिकामा एशियाली मूलका दुई करोड ६० लाख जनसंख्या छ अर्थात अमेरिकाको कूल जनसंख्या ३३ करोड ३३ लाखको ६.२ प्रतिशत रहेकोछ भने नेपालीहरूको जनसंख्या २ लाखदेखि ४ लाख रहेको अनुमान गरिएकोछ। जस मध्ये अमेरिकी मगर समुदायको संख्या झण्डै ८ हजारको रहेको छ ।

उक्त रिसर्चको आधारमा ८ हजार मगर जनसंख्या मध्ये झण्डै ३ हजार नयाँ पुस्ता अमेरिकी मगरहरूले नेपाली भाषा बोल्न र बुझ्न सक्दैनन्। मुलतः नेपाली भाषामा दस्तावेजिकरण गरिएको यो ऐतिहासिक कृतिलाई नयाँ पुस्तालाई मध्यनजर राख्दै संघले अंग्रेजी संस्करण समेत प्रकाशन गर्नु पर्ने कुरा सो अभिलेखनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले जोड दिएका थिए।

 

वि.सं.२०८१ साउन १८ शुक्रवार ०९:४५ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...