back
CTIZAN AD

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्ज कतारबिच सम्झौता

वि.सं.२०८१ साउन १८ शुक्रवार

774 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन ।

यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल भरी रहेका आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिने बताइएको छ ।

साथै, यसै सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

 

 

वि.सं.२०८१ साउन १८ शुक्रवार १०:०२ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...