back
CTIZAN AD

सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८१ साउन १८ शुक्रवार

43.4K 

shares

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउले नयाँ रेकर्ड बनाएको हो । आज चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै २२ क्यारेट सुन भने प्रतितोला एक लाख ३७ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि गत साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज शुक्रबार त्यो रेकर्डलाई तोड्दै सुनको भाउले अर्को नयाँ रेकर्ड बनाएको हो ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा किनबेच भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

वि.सं.२०८१ साउन १८ शुक्रवार ११:२९ मा प्रकाशित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...