back
CTIZAN AD

वैदेशिक रोजगारबाट फर्किएका कार्कीले अकबरेखेतीबाट वार्षिक १५ लाख आम्दानी

वि.सं.२०८१ साउन २० आइतवार

1.3K 

shares

फिक्कल (इलाम) । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उनले रु १५ लाख आर्जन गर्दै आएका छन् ।

मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेका उद्यमी कार्कीले वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । “गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो”, कार्कीले भने, “प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।”

यो वर्ष उनले पाँच हजार बोट अकबरे रापेका छन् । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गरेका हुन् । उत्पादिन अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उनी बताउँछन् । “सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु ।” “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ”, कार्कीले भने ।

हरियो खुर्सानी प्रतिकेजी रु दुई सय ५० मा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।

सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाए । उनले अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आएका छन् ।

 

वि.सं.२०८१ साउन २० आइतवार ११:०१ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...