back
CTIZAN AD

यात्रुवाहक जिप दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

वि.सं.२०८१ साउन २१ सोमवार

1.1K 

shares

काठमाडौँ । दाङमा आइतबार साँझ भएको यात्रुवाहक जिप दुर्घटनाका ७ जना घाइतेमध्ये एकजनाको मृत्यु भएको छ ।

तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये सल्यानको त्रिवेणी गाउँपालिका-३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ ।

घाइते पार्वती केसी र सरीता खड्काको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घनामा त्रिवेणी-३, सल्यानका ४५ वर्षीया ऐश्वर्या केसी, ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा वली, ३१ वर्षीया रोजिका वली, त्रिवेणी गाउँपालिका-३, रुकुम पश्चिमकी २५ वर्षीया सरिता खड्का र मध्यनेपाल नगरपालिका-७, लमजुङकी २४ वर्षीया लिला बास्तोला घाइते भएका थिए ।

वि.सं.२०८१ साउन २१ सोमवार ०७:५२ मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...