back
CTIZAN AD

बीमाको लोभमा आफ्नै सपिङ सेन्टरमा आगो लगाउने संचालक पक्राउ

वि.सं.२०८१ साउन २१ सोमवार

13.9K 

shares

कास्की । १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको सूचना प्रहरीकोमा पुग्यो ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा तत्कालै प्रहरी घटनास्थलमा तैनाथ भयो । लगत्तै सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि पुग्यो । सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रूपमा निभाए । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर पोखरा–१७ निवासी ३६ वर्षीय सुजन गहतराले सपिङ सेन्टर चलाएका थिए ।

प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए । उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो ।

प्रहरीले इन्र्भटर सप्लाई गर्ने व्यक्ति र विद्युत् प्राधिकरणसँग बुझ्दा  इन्भर्टरमा आगो लाग्दैन बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफपछि प्रहरीले पसलका सञ्चालक सुजनमाथि थप अनुसन्धान गर्दा उहाँले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको थियो ।

पसलका सञ्चालक सुजनले साथि पोखरा–१७ निवासी ४३ वर्षीय पवन नेपालको सहयोगमा बीमा कम्पनीबाट रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए

उनका अनुसार दुवै जना रातको समयमा ग ३ च ६२६६ नम्बरको गाडी चढेर पसल पुगेको र सञ्चालक गहतराज गाडीमा बसेको तथा पवनले सलाई बाली एक्कासी आगो लगाएपछि दुवै जना गाडी चढेर भागेका थिए ।

प्रनाउ शर्माले  भने “पसल खासै नचलेको र सामान ठूलो मात्रामा स्टक भएपछि आगजनी गर्ने योजना देखिन्छ । पानी परेको दिन सबै सुत्छन् मानिसको चहलपहल हुँदैन त्यही बेला पसलमा आगो लगाउने सर सल्लाहअनुसार दुई जना मिलेर आगो लगाएको स्वीकार गरेका छन् ।”

प्रारम्भिक सोधपुछका क्रममा गत वर्ष पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा आगलागीपछि बीमाबाट उहाँले रु ३१ लाख पाएका थिए । सोही कुराले सुजन  प्रभावित भई आगलागीको योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान गरिरहेको बताएको छ ।

वि.सं.२०८१ साउन २१ सोमवार ११:१२ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...