back
CTIZAN AD

प्रभावकारी ढङ्गले काम गर्नसरकार क्रियाशील छः सहरी विकासमन्त्री

वि.सं.२०८१ साउन २२ मंगलवार

891 

shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताएका छन् ।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेका बताए । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ ।”

फरक प्रसङ्गमा उहाँले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिए ।

वि.सं.२०८१ साउन २२ मंगलवार १३:२६ मा प्रकाशित

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु...

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले...

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग...

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट १ हजार २५२...