back
CTIZAN AD

बस्तीमा पस्यो हनुमन्ते खोला

वि.सं.२०८१ साउन २२ मंगलवार

1K 

shares

 
भक्तपुर । भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि हिजो साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ । जिल्लाको हनुमानघाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थान लगायतका क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराहीस्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो ।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।

भक्तपुरका विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सर्तकता तहमा पुगेको र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्क रहन सन्देश एवं सूचना जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न प्रशासनले सुरक्षा निकाय, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखेको जानकारी दिँदै प्राकृतिक विपत्ति परेको स्थानमा आधा घन्टामै सुरक्षा निकायको टोली पुगेर उद्धार गर्ने, जोखिम रोकथाम र राहत सामग्री वितरण गर्दै आएको बताइन् ।

गडेधारा बस्तीका नागरिक पानी परेसँगै त्रासमा

सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घरका बासिन्दा राति पानी पर्न थालेदेखि नै त्रासमा छन् । यही साउन १६ गते परेको वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोला र महादेव खोलामा आएको माटो मिसिएको बाढीसँगै माटोसहितको लेदो ३० घरभित्र पसेर पाँच फिटभन्दा बढी उचाइमा भुइँ तलाका सबै कोठा, आँगन र सडकमा माटो पुरिएपछि स्थानीय सोही घटना पुनः दोहरिएला भनेर रातिदेखि नै त्रासमा छन् ।

बस्तीमा घरभित्र १० फिट माथिसम्म पानी पस्दा एक तला घरको मानिस र भुइँ तलामा भाडामा बस्दै आएका करिब ३० परिवारको राति नै उद्धार गर्नुपर्दाको पीडा र करोडौँको भौतिक क्षति भएको एक साता नबित्दै पुनःपर्न थालेको भीषण वर्षाका कारण यहाँका बासिन्दा त्रसित अवस्थामा रहनुपरेको स्थानीय समाजसेवी एवं गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष अनिता पाण्डेले जानकारी दिए ।

उक्त दिनको हिलोसहितको बाढीले ३० घरको भुइँ तलाको चारदेखि छ फिटसम्मको उचाइमा भरिएको माटोले करोडाैँको भौतिक सम्पत्ति नष्ट हुनुका साथै केही घरको पर्खालसमेत ढलेर क्षति पुर्याएको थियो ।

स्थानीयको भुइँ तलाका सम्पूर्ण सामान नष्ट भएका छन् भने गाडी र मोटरसाइकल तथा स्कुटर पूर्णरुपमा डुबेर क्षति पुर्याएको भन्दै उनले भने, “राति १ बजे अगाडि नै हामी भुइँ तलाका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा लग्यौँ, प्रमुख जिल्ला अधिकारीको पहलमा सुरक्षाकर्मीलगायतको टोलीले उद्धार गरेका थियौँ ।”

आज पुनःखोलामा आएको बाढीले खोलामा दुई दिन अगाडि लगाइएको ढुङ्गाको पर्खालसमेत भत्काइरहेको जनाउँदै उनले पुनः बाढी बस्तीमा पसेर नोक्सान गर्ला भन्ने त्रासमा यहाँका करिब ३५ घरका बासिन्दा त्रासमा रहेको बताए ।

यहाँका ३० घरमा १६ गते राति पसेको माटोमा सबै स्थानीय र राष्ट्रिय युवा सङ्घका ३५ जनाको टोलीले दिनभर सफा गरे पनि भुइँमा अझै माटो तथा पानी आएकाले अझै निरन्तर सफाइ गरिरहेको अवस्थामा पुनः हिलो र पानी पस्ने त्रास रहेको उनले बताए ।

राष्ट्रिय युवा सङ्घ भक्तपुरका अध्यक्ष रविन थापाले गडेधारा बस्तीमा १६ गते रातीको वर्षाले करोडौँको क्षति पुगेको जनाउँदै युवा सङ्घले दिनभर यहाँका बासिन्दाको घरघरमा डुबेका सामान निकाल्ने र कोठाबाट माटो निकालेर सफा गरेको बताए ।
रासस /फाइल फोटो

वि.सं.२०८१ साउन २२ मंगलवार १३:४६ मा प्रकाशित

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु...