back

कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमणमा वृद्धि : डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

वि.सं.२०८१ साउन २२ मंगलवार

420 

shares
NTC AD

काठमाडौँ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् ।

त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८१ साउन २२ मंगलवार १३:५६ मा प्रकाशित

ADBL AD
डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवन । चितवनमा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको...

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडाैँ...

बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न ३४ अस्पताललाई निर्देशन

बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न ३४ अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य...

साउनयता ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण

साउनयता ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण

चितवन । चितवनका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये...

निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

  जुम्ला । जुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको...

देशभर ५८ जनामा हैजा सङ्क्रमण

देशभर ५८ जनामा हैजा सङ्क्रमण

काठमाडौँ । नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ...