back
CTIZAN AD

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ साउन २३ बुधवार

34K 

shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य घटेर तोलाको १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार एकै दिन २ हजार ३०० रुपैयाँ घटको थियो । सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७१० रुपैयाँमा कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७२५ रुपैयाँ कायम थियो ।

त्यस्तै महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६६ रुपैयाँ छ ।

वि.सं.२०८१ साउन २३ बुधवार १३:०३ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...