back
CTIZAN AD

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

वि.सं.२०८१ साउन ३० बुधवार

804 

shares

राँझा (बाँके) । जिल्लाको राप्ती सोनारी गाउँपालिका-९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीसहित १३ खसी बाख्रा मरेका थिए ।

पूर्व-पश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्षेत्रमा गतवर्ष यात्रुबाहक बसको ठक्करबाट पाँच पशुचौपाया मरेका थिए ।

विभिन्न समयमा हुने यस्ता दुर्घटनाबाट राजमार्ग क्षेत्रका सर्वसाधारणले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्दै आएका छन् । पशुपालक किसान सडक दुर्घटनाको जोखिममा पर्दै आएको राप्ती सोनारी-९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । गाईवस्तुलाई जङ्गल लैजाने र घर फर्काउने क्रममा राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको उनको भनाइ छ ।

बाँकेमा गत आर्थिक वर्षमा दुर्घटनामा परी १२ पशुचौपायाको ज्यान गएको र तीन पशुचौपाया घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालक र सडक प्रयोगकर्ताको लापरबाहीका कारण हुने गरेको उनले बताए ।

“सवारी दुर्घटना भएकामध्ये अधिकांश लापरबाहीका कारण भएका छन् । चालकको लापरबाही प्रमुख कारण हो भने केही दुर्घटना सडक प्रयोगकर्ताले सावधानी नअपनाउँदा भएका छन्”, प्रहरी प्रहरी निरीक्षक सुवेदीले भने, “सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना भई ज्यान जाने गरेको छ ।”

गत आवमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा दुई सय १२ नागरिक घाइते भएका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बेलाबेलामा राडर गनसहितको जाँच गर्नुका साथै सचेतनाका कार्यक्रम गर्दै आएको उनले बताए ।

राप्ती सोनारी-९ ढकेरीका नागरिक अगुवा विश्वराज खनालले राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न सवारी चालकसँगै आम नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए । “ट्राफिक प्रहरी र यातायात व्यवसायीले मात्र चाहेर सवारी दुर्घटना न्यूनीकरण गर्न सम्भव हुदैन”, उनले भने, “जनचेतना जनाउने, ट्राफिक निमय सिक्ने÷सिकाउनेलगायत कार्यमा सर्वसाधारण तथा नागरिक समाजको पनि भूमिका महत्वपूर्ण रहन्छ ।”

वि.सं.२०८१ साउन ३० बुधवार १२:४१ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...