back
CTIZAN AD

मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै अधिकारी

वि.सं.२०८१ भदौ ५ बुधवार

1K 

shares

घोराही (दाङ) । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छन् । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएकी छन् ।

सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे बताइन् । “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई-चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उनले भनिन् । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनले बताइन् । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छन् ।

यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०-२५ हजार बढीको कारोबार गर्दै आएको उनले बताइन् । “ मासिक रु १०–१२ हजार बचत हुने गरेको छ”, उनले भनिन् । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उनले बताइन् ।

 

वि.सं.२०८१ भदौ ५ बुधवार ११:१० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...