back
CTIZAN AD

लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ

वि.सं.२०८१ भदौ १० सोमवार

885 

shares

धरान (सुनसरी) । धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा सङ्लग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिए । यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उनले बताए । गत आवमा आफ्नो कार्यालयमा लागुऔषधका एक सय दुई मुद्दा दर्ता भएका राईले बताए ।

आर्थिक वर्ष २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चार महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएकामा ७९ पुरुष र चार महिना पक्राउ परेका थिए । पछिल्लो चार वर्षको तथ्याङ्क तुलना गर्दा लागुऔषध कारोबार गर्ने सङ्ख्या निरन्तर बढिरहेको छ । यीमध्ये लागुऔषधको प्रयोग र कारोबारमा ज्याला मजदुरी गर्ने, बेरोजगार युवाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

उमेर समूहका आधारमा १८ देखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या बढी रहेको छ । अघिल्ला दुई आर्थिक वर्षमा यो समूहका ४६ जनालाई पक्राउ गरिएको थियो भने १७ वर्षभन्दा कम उमेरका ३२ जना पक्राउ परेका थिए ।

धरान उपमहानगरपालिकाले हरेक शुक्रबार लागुऔषध विरुद्ध सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । उपमहानगर प्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको र हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्न आवश्यक रहेको बताए ।रासस

वि.सं.२०८१ भदौ १० सोमवार ०७:५६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...