back
CTIZAN AD

सांसदद्वारा महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

वि.सं.२०८१ भदौ ११ मंगलवार

711 

shares

काठमाडौँ । सांसदहरूले देशमा बढ्दै गएको महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि सरकारसँग अनुरोध गरिन् ।

सांसद महेशकुमार बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एकीकृत पर्यटन पवर्द्धन गर्ने उद्देश्यका साथ कार्ययोजना अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद माधव सापकोटाले सङ्घमा नयाँ सरकार बनेसँगै प्रदेश सरकार निर्माणमा ढिलाइ भइरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद मेनकाकुमारी पोख्रेलले दाङको घोराही–तुल्सीपुर सडकखण्डअन्तर्गत पर्ने सेवा खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भएका कारण जनताले सास्ती भोग्नुपरेको बताइन् । सांसद मैना कार्कीले जाजरकोटमा पछिल्लो समय भूकम्पले सतारहेको उल्लेख गर्दै भूकम्पपीडितका लागि उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तुका विभिन्न स्थानमा बाढीका कारण जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद योगेन्द्र मण्डलले गत असार महिनामा प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोषजनक नभएको भन्दै आगामी वर्षमा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद रणकुमारी बलमपाकी मगरले एसइई र १२ कक्षाको परीक्षाफल प्रकाशित भएसँगै देशमा शिक्षाको अवस्था प्रष्ट भएको भन्दै शिक्षा प्रणाली सुधार गर्न सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राखिन् । सांसद रणेन्द्र बरालीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग गरिन् ।

सांसदहरू रामहरि खतिवडा, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लीलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, विक्रम पाण्डे, विजुला रायमाझी, राजेन्द्र बजगाइँ, रुक्मणी राना बराइली, रामकुमार राई र रामकृष्ण यादवले देशमा रहेको भष्टाचार, आपराधिक क्रियाकलाप र महङ्गी अन्त्य गर्नुपर्नेमा जोड दिए ।

 

वि.सं.२०८१ भदौ ११ मंगलवार १५:१४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...